एमालेले आज पनि संसदमा अवरोध गर्ने, टेवल होला एमसीसी ?


२०७८ फाल्गुण ८ आइतबार ०७:११ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा जारी अवरोध कायमै राख्ने भएको छ । सरकारले एमसीसी टेबल गर्ने तयारी गरेका बेला एमालेले भने आफ्नो माग सम्बोधन नभएको भन्दै अवरोध जारी राख्ने जनाएको छ ।

प्रमुख सचेतक विशाल भट्टराईले कार्यसूचीमा एमसीसी परे पनि अवरोध जारी रहने बताए । ‘हामी कार्य व्यवस्था समितिमा छैनौं । कार्यसूचीमा के परयो परेन भन्ने हामीलाई सरोकार भएन,’ उनले भने, ‘हामीले उठाएको माग सबोधन नभएसम्म विरोध यथावत रहन्छन् ।’

एमालेले माधव नेपालसहित १४ सांसदको पदमुक्त र सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्दै करिब पाँच महिनादेखि संसदमा निरन्तर अवरोध गरिरहेको छ । यद्यपि सरकारले भने एमसीसी टेबल गर्ने तयारी गरेको छ । यसअघि पनि एमालेको अवरोधका बीच विभिन्न प्रतिवेदन पेश भएकाले अवरोधका बीच एमसीसी टेबल गर्ने सरकारी तयारी छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७