विरोध र नाराबाजीका बीच एमसीसी संसदमा टेबल


२०७८ फाल्गुण ८ आइतबार ११:४३ बजे

काठमाडौं । लामो समयको रस्साकस्सी, विरोध र नाराबाजीका बीच अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसदमा टेबल भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल भएको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदको अवरोधबीच एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गरिएको हो ।

यसअघि, आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको थियो । संसद् बैठकअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा पनि एमसीसी टेबल गर्ने निणर्य भएको थियो । संसद सुरु हुँदै नेकपा एमालेले चर्को नाराबाजी गरेको थियो । त्यस्तै माओवादी केन्द्र, जनमोर्चा नेपाल र नेपाल मजदुर किसान पार्टीले पनि संसदमा नाराबाजी गरिरहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७