एमसीसी सम्झौता टेबल गरेर संसद वैठक फागुन १२ गतेसम्म स्थगित


२०७८ फाल्गुण ८ आइतबार ११:२६ बजे

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते बस्ने गरी स्थगित भएको छ । आइतबार सरकारले एमसीसी संसद्मा पेस गरेपछि अर्को बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको हो । सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबुल गरेका थिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

एमसीसी सम्झौता संसदमा पेश हुँदा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए भने नेकपा माओवादी केन्द्रका कतिपय सांसदहरु पनि उठेर नाराबाजी गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७