एमसीसी संसदमा टेबल भएपछि झलनाथले भने, ‘अमेरिकी दबाबले सिङ्गो नेपाल विभाजित भयो’


२०७८ फाल्गुण ८ आइतबार ०७:४४ बजे

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानीत नेता झलनाथ खनालले अमेरिकाको दबाबले सिङ्गो नेपाल विभाजित भएको बताएका छन् ।

सरकारले आइतबार संसद्मा एमसीसी पेस गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता खनालले अमेरिकाको दबाबले सिङ्गो मुलुक विभाजित भएको बताएका हुन् । उनले एउटा आर्थिक सम्झौताको विषयलाई लिएर देश र संसद् नै विभाजित भएको उनको भनाइ थियो ।

नेता खनालले आफ्नो पार्टीमा एमसीसी सम्झौता संसद्मा टेबल गर्न दिने विषयमा निणर्य नभएको बताए । उनले सरकारमा बस्ने/नबस्ने सम्बन्धमा पार्टीको बैठकले निणर्य गर्ने बताए । उनले आजको संसद वैठकमा एमसीसी टेवल हुन नसक्ने बताएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७