नेपाल विदेशीको चलखेलको केन्द्र बनेपछि एमसीसी संसदमा पेस गरियो : ओली


२०७८ फाल्गुण ८ आइतबार १०:३२ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियाबाटै विमुख भएकाले एमसीसीबारे कुरा राख्न नपाएको बताएका छन् ।

संसद बैठक सकिनै लाग्दा संसद भवन पुगेका ओलीले आफ्ना पार्टी निकट सांसदसँगको आन्तरिक छलफलमा यस्तो बताएका हुन् ।
ओलीले सत्ता गठबन्धनले एमसीसीलाई गिजोलेर भूराजनीतिक द्वन्द्वमा मुलुकलाई धकेलेको बताएका छन् । संसद बैठकपछि

सिंहदरवारस्थित संसदीय दलको बैठकमा भेला भएका करिव दुई दर्जन एमाले सांसदहरुले एमसीसीबारे पार्टीको पोजिशनबारे जिज्ञासा राख्दा ओलीले एमसीसीलाई विगतमा आफूविरुद्धको हतियार बनाउनेहरुले अहिले मुलुकलाई विदेशीको क्रिडास्थल बनाउन खोजेको बताए । उनले नेपाल विदेशीको चलखेलको केन्द्र बनिसकेपछि एमसीसी संसदमा पेस गरिएको आरोप लगाए ।

उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘सत्तारुढ गठबन्धन द्वन्द्व बढाउने पक्षमा देखिन्छ । संसदीय प्रक्रियामा भाग लियौं भने यस विषयमा स्ट्याण्ड लिन्छौं ।’ उनले भने, ‘सत्ता गठबन्धनले एमसीसी पास गर्न ल्याएकै होइन, सडकमा आगो बाल्न ल्याएको हो ।’ एमालेले एमसीसी टेबल हुँदा आफ्ना माग सम्बोधन नभएको भन्दै अवरोध कायमै राखेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७