नेपाल प्रहरीका १८ एसपीको सरुवा, को कहाँ ?


२०७८ फाल्गुण ८ आइतबार ११:५० बजे

काठमाडौं : प्रहरी प्रधान कार्यालयले आइतबार १८ एसपीको सरुवा गरेको छ । फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी आइतबार उनीहरूको सरुवा भएको हो ।

सरुवामा पर्ने एसपीहरूमा कमल थापा, कृष्ण बहादुर पल्ली मगर, केदार खनाल, गंगा पन्त, गोपाल भट्टराई, गोविन्द थपलिया, डा। मनोजकुमार केसी, तुलबहादुर कार्की, दयानिधि ज्ञवाली, दानबहादुर मल्ल, दीपककुमार बस्नेत, नकुल पोखरेल, विमलराज कँडेल, वीरबहादुर ओली, रवीन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदाप्रसाद चौधरी र शेखर खनाल छन् ।

रुपन्देहीमा एसपी रवीन्द्र रेग्मी, गोरखामा केदार खनाल, बाग्लुङमा दयानिधि ज्ञवाली, गुल्मीमा दीपककुमार बस्नेत, सिन्धुलीमा विमलराज कँडेल, धनकुटामा लक्ष्मीराज अधिकारी, डोटीमा शारदाप्रसाद चौधरीलाई पठाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७