फिल्म खेल्न छाडेका सुनिल सेठ्ठीको कमाइ डेढ अर्ब, के गर्छन् उनी ?


६ चैत्र २०७४, मंगलवार
thum 1496462157

काठमाडौं, ६ चैत : कुनै समय शाहरुख खान, अक्षयकुमार, अजय देवगणलगायतका चलेका हिरोलाई टक्कर दिएका भारतीय नायक सुनिल सेठ्ठी अहिले चलचित्रको पर्दामा देखिंदैनन् ।thum 1496462157

११० भन्दा बढी हिट चलचित्रमा अभिनय गरेका उनी अहिले चलचित्र दुनियाँ भन्दा टाढा छन् । तर, उनको कमाइ अन्य चलिरहेका हिरो भन्दा कम छैन । उनले फिल्ममा काम नगरे पनि वार्षिक डेढ अर्ब बढी आम्दानी गर्छन् । सुनिल सेट्ठीले अहिले रोयल इन नामकको आफ्नै होटेल चलाई राखेका छन् । उनको फिल्म प्रोडक्सन हाउस तथा बुटिक पनि सञ्चालनमा छ ।

यी सबै बिजनेसबाट वार्षिक १ अर्ब ६० करोड आम्दानी गर्दै आएको भारतीय मिडियाहरूले विशेष प्राथमिकताका साथ समाचार छापेका छन् । भारतीय मिडियाका अनुसार आफ्नो करियरमा करिब ११० भन्दा बढी फिल्ममा अभिनय गरेका उनले ८ वर्ष को लभ अफेयर पछि माना सेट्ठीसङ्ग विवाह गरेका थिए । धड्कन फिल्मको सफलताले गर्दा एउटा फिल्म खेले बापत ८ करोड पारिश्रमिक लिने सुनिल फिल्म भन्दा बढी व्यापारमा समय दिएसँगै उनी चलचित्रकर्मबाट बिस्तारै टाढीँदै जान थालेका छन् भने उनी व्यवसायमा दिन खोलेर जम्ने क्रममा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७