मधेसी जनताको पहिचान र अधिकारका लागि लड्ने पार्टी माओवादी : प्रचण्ड


९ फाल्गुन २०७८, सोमबार
Prachanda 2

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसी जनताको पहिचान र अधिकारका लागि लड्ने पार्टी माओवादी केन्द्र भएको दाबी गरेका छन् । सोमबार प्रचण्डले निवास खुमलटारमा कांग्रेस र नेकपा एमालेका कार्यकर्तालाई माओवादीमा प्रवेश गराउँदै यस्तो बताएका हुन् ।

उनले मधेसी जनताकोअधिकारका लागि माओवादी लडेको चेतना फेरि फैलिदै गएको बताए । प्रचण्डले मधेसमा मात्र नभई देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको धारणा राखे ।

नेकपा एमालेमा रहेका रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । त्यसैगरी सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील पूर्व शिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र पत्रकार विनोदप्रसाद भट्ट प्रवेश गरेको माओवादीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७