एमसीसीबारे रणनीति बनाउन एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक


९ फाल्गुन २०७८, सोमबार
nekapa samajbadi

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता विवादकैबीच संसदमा टेबल भएपछि रणनीति तय गर्न नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बोलाएको छ ।

आज दिउँसो १ बजेपछि बैठक बस्ने तयारी भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले एमसीसीका विषयमा पार्टीको धारणा तय गर्ने उनले बताए । सत्ता साझेदार दल एकीकृत समाजवादीको यही फागुन ७ गते बसेको स्थायी कमिटी बैठकले एमसीसी संसद्मा टेबल गर्न दिने तर यथास्थितिमा अनुमोदन गर्न नहुने निणर्य गरेको थियो ।

सोहीअनुसार अघि बढ्ने भए पनि आगामी रणनीति तय गर्न बैठक बस्न लागेको प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताए । एमसीसी सम्झौता आइतबारको प्रतिनिधिसभा बैठकमा टेबल भएपछि अध्यक्ष माधवकुमार नेपालले आफूहरू यसअघिको बैठकको निणर्यमा नै अडिग रहेको बताएका थिए ।

एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले भने प्रतिनिधिसभामा एमसीसी टेबल गर्ने विषयमा नै आपत्ति जनाएका थिए । उनले संसद् बैठकमा उठेर विरोध जनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७