सेनाको कुटाइबाट चेपाङ युवककाे मृत्यु प्रकरण : अभियुक्तलाई जन्मकैदको फैसला


९ फाल्गुन २०७८, सोमबार
Raj Kumar Chepang Chitwan

चितवन । उच्च अदालत पाटन हेटौंडा इजलाशले यातना दिएर चेपाङको हत्या गर्ने सैनिकलाई जन्म कैदको सजाय सुनाएको छ । पाटन उच्च अदालतको हेटौंडा इजलासका न्यायाधीशद्वय चण्डीराज ढकाल र नागेन्द्रलाल कणर्को इजलासले नेपाली सेनाको सिद्धिबक्स गणका हुद्दा चिरणकुमार बुढालाई जन्मकैदको सजाय गर्ने फैसला गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जभित्र सेनााको यातनाबाट गम्भीर घाइते भएका राजकुमार चेपाङको ०७८ साउन ८ मा उपचारको क्रममा अस्पतालमा उपचार क्रममा मृत्यु भएको थियो । उक्त मुद्दामा उच्च अदालत पाटन हेटौंडा इजलासले जिल्ला अदालतले गरेको निणर्यलाई उल्ट्याउँदै बुढालाई जन्मकैदको फैसला सुनाएको हो । जिल्ला अदालतले गत असार २८ मा बुढालाई ९ महिना कैद, ९ हजार रुपैयाँ जरिवाना र मृतकका परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

पीडित पक्षको तर्फबाट उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले पुनरावेदन गरेको थियो । ९ महिना सजाय हुनेगरी कसुर ठहर भएकाले जागिर गुमाउन पुगेका बुढाले पनि उच्च अदालतमा पुनरावेदन गरेका थिए । दुवैतर्फको पुनरावेदनमा उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै पीडितको मागअनुसार बुढालाई जन्मकैदको सजाय हुने गरी फैसला गरेको उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७