चेक बाउन्सको आरोपमा व्यवसायी अमित अग्रवाल पक्राउ


९ फाल्गुन २०७८, सोमबार
amit agrawal11645428922

काठमाडौं । बैंकिङ कसुरको आरोपमा ग्रीन लाइनका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । शनिबार पक्राउ परेका उनलाई अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

अग्रवालले काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री-वितरण गर्दै आएका थिए । चेक बाउन्सको उजुरीपछि अग्रवाललाई पक्राउ गरी अनुसन्धानका लागि म्याद थप भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताए । अग्रवालको दिएको डेढ करोड र ५० लाख रुपैयाँको चेक बाउन्स भएको आरोप छ । अग्रवालले लिएको ऋण तिर्न नसकेपछि बैंकहरूले ग्रीन लाइन पसल ‘सिल’ गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७