विवाहमा नाचगानको निहुँमा विवाद, कुटपिटबाट एक युवकको मृत्यु


९ फाल्गुन २०७८, सोमबार
death

कैलाली । कैलालीको भजनी नगरपालिका-९ स्थित विवाहमा भएको झगडामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त चौधरी रहेका छन् । आइतबार राति कुटपिटबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विवाहमा बसन्तसहित सोही ठाउँ बस्ने २० वर्षीय दिनेश बिष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किशन बडैला, २३ वर्षीय प्रदिप कार्की, २५ वर्षीय दिपक अवस्थीलगायतका व्यक्तिहरू नाचगान गर्नेक्रममा विवाद भएको थियो ।

विवाद चर्कदै गएपछि कुटपिट हुँदा बसन्तका गम्भीर घाइते भएका थिए । उनको घोडाघोडी अस्पताल सुख्खड कैलाली हुँदै मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७