तम्घासमा मृत भेटिए अर्घाखाँचीका गन्धर्व


९ फाल्गुन २०७८, सोमबार
death

अर्घाखाँची । अर्घाखाँचीका एक व्यक्ति गुल्मी सदरमुकाम तम्घासमा मृत अवस्थामा फेला परेका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-९ अर्घाका ६० वर्षीय मनबहादुर गन्धर्व तम्घासको जिप पार्कमा मृत अवस्थामा भेटिएका हुन् ।

सोमबार बिहान मृत अवस्थामा भेटिएका उनको पहिचान भइसकेको र अर्घाखाँचीबाट उनका आफन्त आएपछि शव आफन्तलाई बुझाइने गुल्मी प्रहरीले जनाएको छ । अहिले शवलाई गुल्मी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवं प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७