भरुवा बन्दुक पड्किएर सिकारीको मृत्यु


९ फाल्गुन २०७८, सोमबार

सिन्धुली । सिकार खेल्न जंगलमा गएका एक युवकको भरुवा बन्दुक पड्किएर सोमबार ज्यान गएको छ । सिन्धुलीको तीनपाटन गाउँपालिका-९ बोकेलप्सीका २२ वर्षीय दिलबहादुर क्याप्छाकीको सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किएर लाग्दा मुत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकैको जंगलमा भरुवा बन्दुक लिएर सिकार खेल्न गएका क्याप्छाकीको आफ्नै बन्दुक प्रहारबाट मृत्यु भएको हो वा अरुले प्रहार गर्दा मृत्यु भएको भन्नेबारे यकिन नभइसकेको सिन्धुली प्रहरीका डिएसपी मनोजकुमार लामाले बताए ।
यसबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ । कालिज, मृग, घोरल, बँदेल, दुम्सी लगायत जंगली जनावरको सिकारमा भरुवा बन्दुकको प्रयोग बढ्दै गएको स्थानीयहरू बताउँछन् ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७