गृहमन्त्रीलाई ओलीको प्रश्न : प्रहरीलाई ढुङ्गा खान सडकमा पठाएको ?


९ फाल्गुन २०७८, सोमबार
kp sharma oli 20220214064347

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीलाई ढुंगा खानमात्रै सडकमा पठाएको भन्दै प्रश्न गरेका छन् । उनले कालु पाँडेको समाधीस्थलमा कवि गोष्ठीमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘गृह मन्त्रीलाई पनि सोधें, पुलिसलाई सडकमा किन पठाएको ? सत्ताधारी दलले आन्दोलन गरेको छ । कति मेहनतमा बाटो बनाइएको छ । किन भत्काइएको ? क्रान्तिकारी भन्नेहरुले ?’, उनले भने, ‘सडक नभत्काउ न भन्ने कोही छैन ? ढुंगा हानेका छन्, तोडफोड गरेका छन् प्रहरीले केही गर्न नहुने ? २५ जनाले ढुंगा हानेको छ । डेढ सय पुलिस ढाल उठाएर भागेको छ ।

एकथरीले प्रहरी सडकमा पठाउँछ केही नगर्नू भनेर हुन्छ ? के आदेश थियो ? ढुंगा र इट्टामात्रै हान्न पाउने आदेश थियो ? सरकारमा बस्ने तमासा गर्ने ? आफू मूर्तिझैं चुप लागेर बस्ने, दायाँबायाँकालाई नारा लगाऊ भन्ने ? एमसीसी आफैँ सही गर्ने आफैँ टेबल गर्ने तर सडकमा किन तमासा ?’ उनले प्रहरीमाथि ढुंगा प्रहार गरेको भन्दै आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७