३८८ जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु


९ फाल्गुन २०७८, सोमबार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,१४० जनामा गरिएको नमुना परीक्षणमा ३८८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा १२०५ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ७३८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार ८०६ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५२ हजार ५९९ जना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ११ हजार ९२५ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमित देशभर ११ हजार २८२ जना रहेका छन् ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७