प्रचण्डप्रति ओलीको कटाक्ष : एमसीसीमा सहि गरेर आफू चाँहि मूर्तिझैं बस्ने, अरुलाई सडक र संसदमा उफार्ने ?


९ फाल्गुन २०७८, सोमबार
Kp Oli 1230

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता घटकले अमेरिकी सहायता परियोजना एमसीसीमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । कीर्तिपुरमा आयोजित कार्यक्रममा ओलीले संसदमा एमसीसी टेबल हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मूर्तिझैं बसेको आरोप लगाएका हुन् ।

उनले प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै भने, ‘संसदमा आफू चुप लागेर बस्ने मूर्तिझैं । एकथरीलाई उठ उठ भन्ने । उताको लाई उठ उठ भन्ने । अर्कोलाई बस बस भन्ने । एकथरीलाई सडकमा पठाउने । सरकारमा पनि आफू हुने, सडकमा पनि आफू हुने, सदनमा पनि आफू हुने ।’

प्रचण्ड र माधव एमसीसी टेबल हुँदा संसदमा उपस्थित थिए भने उनका सांसदहरु पछाडि उठेर विरोध गरिरहेका थिए । साथै कार्यकर्ताले संसद बाहिर प्रदर्शन गरेका थिए । गठबन्धनका नेताहरुको दोहोरो चरित्रले देशमा द्वन्द्व निम्त्याउने ओलीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७