लोक सेवाअन्तर्गतका तोकिएका सबै परीक्षा स्थगित


९ फाल्गुन २०७८, सोमबार
Loksewa Aayog 1

काठमाडौं । लोकसेवा आयोगका निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगित भएका छन् । सर्वोच्च अदालतबाट गत २५ माघको आदेश कार्यान्वयनको सिलसिलामा तोकिएका परीक्षा स्थगित भएको लोकसेवा आयोगले जनाएको छ । आगामी फागुन १३ गते २०७९ बैशाख १ सम्म शाखा अधिकृत वा सो सरह (प्राविधिक) का परीक्षा तोकिएको थियो ।

त्यस्तै २०७९ बैशाख २ देखि १४ सम्म स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहको परीक्षा तोकिएको थियो । आयोगका अनुसार फागुन २८ मा संयुक्त र एकीकृत सेवातर्फ नायब सुब्बा वा सो सरह (अप्राविधिक) को प्रथम चरण र २०७९ बैशाख ५ देखि बैशाख ९ सम्म द्वितीय चरणको परीक्षा तालिका तोकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७