माओवादी केन्द्र जतिबेला पनि सरकारबाट बाहिरिन सक्छ : देव गुरुङ


९ फाल्गुन २०७८, सोमबार
devprasad gurung

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मत हाल्ने स्पष्ट पारेका छन् । एमसीसीलाई लिएर आफ्नो पार्टीले दोहोरो चरित्र नदेखाउने पनि उनको दाबी छ ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेता गुरुङले पार्टीले सरकारबाट बाहिरिने पनि निणर्य गरिसकेकाले अब कुन दिन बाहिरिने भन्ने मात्रै रहेको पनि सुनाए । उनले भने, ‘पार्टीले सरकारबाट हट्नुपर्छ भन्ने निणर्य गरिसकेको छ । अब कुन दिन हट्ने भन्ने कुरा छिट्टै निणर्य हुन्छ । सरकारमा नरहने भनेर पाार्टीले नीतिगत निणर्य लिईसकेको छ । अब दिनको मात्रै कुरा हो ।नेकपा (माओवादी केन्द्र) मा दोहोरो चरित्र देखाउँदैन् । राष्ट्रिय स्वाधिनताको मुद्दामा एकै ठाउँमा उभिन्छ । एमसीसी प्रस्तावबारे प्रतिनिधिसभाको १२ गतेको बैठकमा मतदान हुन्छ या के हुन्छ ? अब छलफलको प्रक्रिया सुरु हुन्छ ।’

उनले एमसीसी कसैलाई पनि बलिको बोको बनाउने विषय नभएको जिकिर गरे । आफूहरुले एमसीसी टेबुल गर्ने विषयमा पनि आपत्ति जनाएको र कार्य व्यवस्था परामर्श समितिको बैठकमा फरक मत राखेको सुनाए ।

उनले भने, ‘यो सदनमा लैजानुपर्ने आवश्यकत्ता छैन भनेर आफ्नो राय दियौं । संशोधन र परिमार्जनको बाटोमा लैजान पाएको भए हुन्थ्यो । सरकारले संसद्बाट फाइनल होस् भनेको थियो । प्रतिपक्षीले अवरोध गरेको बेलामा टेबुल गर्न हुँदैन भनेर हामीले भनेका थिर्यौं । प्रक्रियालाई फलो गर्ने कुरा त हुन्छ नि, यो सम्झौता राष्ट्रियहित प्रतिकूल भएकाले यसलाई स्वीकार गर्न सक्दैनौं । सदनले पनि यसलाई अस्वीकार गर्नुपर्छ ।’

यसअघि सोमबार प्रचण्ड एमसीसी टेबल हुँदा संसदमा उपस्थित थिए । उनी मौन रहे पनि सांसदहरु पछाडि उठेर विरोध गरिरहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७