बैतडीमा टिपर दुर्घटना, ३ जनाको मृत्यु


९ फाल्गुन २०७८, सोमबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

बैतडी । बैतडीमा टिपर दुर्घटना हुुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका-३ को मानिकाखान-बोहोरीगाउँ कच्ची सडक खण्डमा सोमबार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

मृत्यु हुनेमा टिपरधनी ४५ वर्षका जनकराज पन्त, स्थानीय सिगास माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी १७ वर्षका ललित अवस्थी र १३ वर्षका ज्ञानु विष्ट रहेका प्रहरीले जनाएको छ ।

स्थानीय गणेश विष्टका अनुसार विद्यालयबाट फर्किदा टिपर चढेका विद्यार्थीहरु दुर्घटनामा परेका हुन् । दुर्घटनापछि प्रहरी र स्थानीयले उद्दार गरेका छन् । दुर्घटनामा अरु ५ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७