परिवार भेट्न भन्दै खाडी हिंडेका पाँच महिलासहित १९ जनालाई अध्यागमनले रोक्यो


९ फाल्गुन २०७८, सोमबार
adhyagaman bivag immigration

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल अध्यागमन कार्यालयले खाडीसहित विभिन्न देश हिंडेका १९ जनालाई रोकेको छ । आइतबार साउदी अरेबिया हिँडेका ८ जना, दुबई हिँडेका ६ जना, कुवेत हिँडेका ३ जना र ओमान र माल्दिभ्स हिँडेका एक-एक जनालाई प्रस्थान अनुमति नदिएको अध्यागमन कार्यालयले जनाएको छ ।

साउदी हिँडेका काभ्रेपलाञ्चोककी आशा ह्युमिखा, बर्दियाकी तिलमाया विक, उदयपुरकी रञ्जना मोटे, सिरहाकी जुलेखा खातुन, रुपन्देहीका सराह अब्दुल समद मुसलमान, यसिर सइद मुसलमान, सबना खातुन र मोरङका सुनिलकुमार सरदार रहेका छन् । सरदारबाहेक सबै जना भिजिट भिसामा साउदी हिँडेको अध्यागमन स्रोतले जानकारी दिइयो । साउदीमा परिवार भेट्न भनेर हिँडेका उनीहरुले गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा नगरेको अध्यागमन स्रोतले जानकारी दियो ।

त्यस्तै दुबई हिँडेका मोरङका अभिषेक बस्नेत, बाराकी लक्ष्मी कुमारी आचार्य, अर्घाखाँचीका बाबुराम शर्मा, प्युठानका युवराज पोखरेल, ठेगना नखुलेकी श्रीया सरु पौडेल र कास्कीकी कास्या पौडेल रहेका छन् । अभिषेक बाहेक सबै जना भिजिट भिसामा दुबई हिँडेका थिए, तर उनफीहरुले गृह मन्त्रालयले तोकेको कागजपत्र पेस गर्न नसकेको अध्यागमन स्रोतले बतायो ।

त्यस्तै कुवेत हिँडेकी इलामकी बबिता लिम्बु, रसुवाकी नेवाङ्ग्मो तितुङ र दाङकी लुग्नि कुमारी खड्का रहेका छन् । उनीहरु घरेलु कामदारका लागि हिँडेको भनिए पनि नेपाली राजदूतावास कवेतको डकुमेन्ट नभएको र भिसा र श्रम स्वीकृतिको कागजपत्रसमेत फरक भएको अध्यागमन स्रोतले बतायो । ओमान र माल्दिभ्स हिँडेका दुवै जनाले श्रम स्वीकृत पेस गर्न नसकेको स्रोतले बतायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७