स्थानीय निर्वाचन : निर्वाचन आयोगमा नयाँ तीनसहित १० दल दर्ता


९ फाल्गुन २०७८, सोमबार
Nirwachab aayog election commision Nirbachan

काठमाडौं । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि थप तीन दल दर्ता भएका छन् । आयोगले स्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने प्रावधानसहित तोकेको समयमा थप तीन दलले स्थानीय निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि निवेदन दिएका हुन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालकाअनुसार हालसम्म जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशिल पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टीले निवेदन दिएका हुन् ।

आयोगले दल दर्ताका लागि फागुन १५ गतेसम्मको म्याद तोकेको छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदैछ । त्यस्तै मतदाता नामावली अद्यावधिक कार्य अन्तर्गत कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटि भएको भए इमेल/फ्याक्सबाट समेत उक्त निवेदन दिन सक्ने भएका छन् । यसअघि जिल्ला निर्वाचन कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्थ्याे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७