रक्सीले मातेर प्रहरी कुट्ने एआइजी पुत्रले नै दिए प्रहरीविरुद्ध उजुरी


६ चैत्र २०७४, मंगलवार
Nepal Police 1

काठमाडौं ६ चैत :  मध्यरातमा प्रहरीमाथि कुटपिट गर्ने एआइजी पुत्र दबाबले उल्टै प्रहरी बिरुद्ध उजुरी दिएका छन् । रक्सीले मातेर प्रहरीमाथि कुटपिट गर्ने प्रदेश नम्बर ४ का प्रहरी प्रमुख एआईजी कमलसिंह बमको छोरा सुगम बमले रिहा भएपछि उल्टै प्रहरीलाई कारबाहीको माग गर्दै उजुरी दिएका हुन् ।

Nepal Police 1

बमले शुक्रबार ठमेलमा प्रहरी माथि हातपात गरेका थिए । शुक्रबार मध्यरातमा रक्सीले मात्तिएका ४ जना युवाले ठमेलमा ट्याक्सीसँग ‘वार्गेनिङ’ गरे । ‘वार्गेनिङ’ नमिलेपछि ट्याक्सी चालकलाई माथि जाइलागेका थिए । चालकले प्रहरीलाई खबर गर्यो । त्यहाँ पुगेका प्रहरीले उनीहरुलाई सम्झाउन खोजे। तर उनीहरुले प्रहरीलाई टेरेनन् । उल्टै त्यस मध्येका एक युवाले प्रहरीलाई धम्काए । समूहका एक युवाले सुरक्षामा खटिएका प्रहरीलाई ‘तिमीहरु जस्ता त मेरो घरमा भात पकाउँछन्’ भन्दै प्रहरी माथि हातपात समेत गरे ।

त्यसपछि उनलाई पक्राउ गरेर लगियो । सोधपुछ गर्दा उनी एआईजी बमको छोरा भएको पुष्टी भयो । परिवारलाई खबर गरियो । उनी बिहान प्रहरीले उनको परिवारलाई खबर गरेपछि आमा आएर छुटाएर लगिन् । छुटेपछि उल्टै उनले प्रहरी विरुद्ध नै उजुरी गरेका छन् । प्रहरी वृत्तबाट छुटेका सुगमले आफुमाथी प्रहरीले कुटपिट गरेको भन्दै उनले प्रहरीको उजुरी छानविन शाखामा उजुरी हुन् । उजुरी पछि प्रहरीले घटनाको छानविन गर्न एसएसपी रामकृपाल शाहको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७