क्यानडालाई हराउँदै नेपाल सेमिफाइनलमा, विश्वकप खेल्न युएईलाई हराउनु पर्ने


९ फाल्गुन २०७८, सोमबार
nepal cricket team tUSwgrAb5n 1

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को अन्तिम चरणको खेलमा नेपालले क्यानडालाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।

नेपाल समूह ‘ए’ को समूह विजेता बन्दै छनोट चरणको सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको खेलमा नेपालले क्यानडालाई ८ विकेटले हराएको हो । क्यानडाले नेपाललाई दिएको ८१ रनको लक्ष्य पन्छ्याउँदै नेपाल १४.१ ओभरमा २ विकेट गुमाउँदै खेल जितेको हो ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने अविनाश बोहरा र कमल सिंह ऐरीले समान दुई-दुई विकेट हात पारे । कुशल मल्लले एक विकेट लिए । अब सेमिफाइनलमा नेपालले मंगलबार यूएईको सामना गर्नेछ ।

यूएईविरुद्ध जित हात पार्न सकेको खण्डमा नेपाल यसवर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।
क्यानडालाई हराएसँगै नेपाल ग्लोबल छनोटमा समूह बीको विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो । नेपाल ३ खेलबाट ६ अंक जोड्दै समूहको शीर्षमा रह्यो । यूएई समूह बीको उपविजेता बनेको छ ।

अंक तालिका

नेपाल समूह बी ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । ओमान ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । क्यानडा ३ खेलमा २ मा हार र १ मा जित सहित २ अंक जोड्दै तेस्रो स्थानमा रह्यो । फिलिपिन्स ३ खेलमा जित विहीन हुँदै बाहिरियो ।

समूह ए बाट आयरल्यान्ड ३ खेलमा २ मा जित र १ मा हार सहित शीर्षस्थानमा रह्यो । युएई ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रह्यो । बहराइन ३ खेलमा २ मा जित र १ मा हार सहित तेस्रो स्थानमा रह्यो । तीनै टोलीको समान ४.४ अंक भएपनि आयरल्यान्डको नेटरनरेट ०.९९१, युएईको ०.६६७ र बहराइनको ०.२४० रह्यो । नेटरनरेटको कारण आयरल्यानड शीर्ष र युएई दोस्रो स्थानमा रहँदै सेमिमफाइनलमा पुगेका हुन् । जमर्नी तीन खेलमा जित विहीन हुँदै बाहिरियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७