२०७८ फागुन १० गते मंगलबारको तपाईको राशिफल


१० फाल्गुन २०७८, मंगलवार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । लगानीमा रहेको रकम फिर्ता पनि आउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्ने छ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज घुमघाम र भ्रमणमा बित्ने छ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । सेयर बजारका कारोबारबाट लाभ पनि मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज दैनिक कार्यमा प्रगति हुनेछ । प्रतिस्पर्धा वा परीक्षामा सफलता मिल्ने छ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश, जाँगर र उमङ्ग बढ्नेछ । आम्दानीका मार्ग बढ्ने छन् र आयका नयाँ नयाँ स्रोतहरू प्राप्त हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लाभ-हानी, आय-व्यय, सुख-दुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा समेत प्राप्त हुने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । पढाइमा प्रगति नै हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विपरित वर्गबाट विशेष सहयोग मिल्ला । पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । नयाँ योजना पनि अघि बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । सामाजिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज निणर्य कार्यान्वयन हुन सक्दैन । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मन भावुक र उत्ताउलो बन्नसक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७