‘एमसिसीकै कारण सरकार छाड्नु पर्दैन’


१० फाल्गुन २०७८, मंगलवार
Bipaxi 5 dal

काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास भए पनि फेल भए पनि सरकारबाट बाहिरिनुनपर्ने निष्कर्ष निकालेको छ ।

एमसिसीको विषयमा पार्टीभित्र विवाद भएपछि आधिकारिक धारणा बनाउन सोमबार केन्द्रीय सचिवालय बैठक बसेको थियो । बैठकले एमसिसीबारे पार्टीमा फरक धारणा आए पनि यसले सत्ता गठबन्धनलाई केही फरक नपर्ने र सरकार छाड्नुनपर्ने निष्कर्ष निकालेको हो ।

एमसिसीबारे हरेक दलको एउटै धारणा हुन नसक्ने र प्रत्येक दलको बेग्लाबेग्लै निष्कर्ष हुने भएकाले सत्ता गठबन्धनमा खास असर नपर्ने धारणा पार्टीले बनाएको महासचिव वेदुराम भुसालले बताए । ‘एमसिसीकै कारण सरकार छाड्नुपर्ने अवस्था आउँछ भन्ने मलाई लाग्दैन । यो विषयमा हरेक पार्टीका आफ्नै धारणाहरू हुन्छन् । उनीहरूले फरक मत राख्न पाउँछन् । यो अभ्यास अन्य मुलुकमा पनि छ । त्यसकारण सरकार छाड्नुपर्ने अवस्था हुँदैन,’ उनले भने ।

‘सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट फेल भए मात्र सरकारबाट बाहिरिने अवस्था आउँछ’ उनले भने । भुसालले सोमबार पार्टी कार्यालय बसेको केन्द्रीय सचिवालय बैठकले संसद्मा एमसिसीबारे निणर्य लिँदा विपक्षमा उभिने निणर्य गरेको जानकारी पनि दिए ।

त्यसैगरी पार्टीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले पनि सरकार तलमाथि हुन्छ भन्ने नलागेको बताए । एमसिसी निणर्यार्थ पेस हुँदा एकीकृत समाजवादीका सांसदहरूले विपक्षमा मतदान गर्ने उनको पनि भनाइ थियो । ‘एमसिसीलाई संसदमा निणर्यार्थ प्रस्तुत गरिँदा हाम्रा सांसदहरूले विपक्षमा मतदान गर्नेछन् ।

यसअघि पनि हामीले संशोधन नभएको अवस्थामा पास गर्न नदिने बताइसकेका छौं,’ उनले भने । खतिवडाले आफ्नो पार्टीका सबै २३ सांसदलाई एमसिसी सदनमा निणर्यार्थ पेस हुँदा विपक्षमा उभिन लगाउने तथा अन्य दलसँग पनि त्यसका लागि वातावरण बनाउने बताए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७