माओवादी र एकीकृत समाजवादीले तत्काल सरकार नछाड्ने


१० फाल्गुन २०७८, मंगलवार
Prachanda Madhav

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ । तर, पार्टीको शीर्ष नेतृत्वले भने एमसीसी संसदमा निणर्यका लागि पेस नहुँदासम्म सरकार नछाड्ने अडान लिएका छन् ।

माओवादीभित्र नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङलगायतका नेताहरूले तत्काल सरकारबाट बाहिरिनुपर्ने माग गर्दै आएका छन् । सदनमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुपर्ने प्रस्ताव माओवादीको असहमतिका कारण सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्तुत गरेका थिए ।

माओवादी नेता श्रेष्ठले संसदमा पेस गरिएको एमसीसी सम्झौता निणर्यका लागि पेस हुनुअघि नै माओवादी सरकारबाट बाहिरिनु पर्नेमा जोड दिएका छन् । तर, माओवादीका प्रमुख सचेतक गुरुङले एमसीसी सम्झौता संसदमा टेबल भएर छलफलको चरणमा रहेकाले निणर्यका लागि पेस भएपछि मात्र सरकारबाट बाहिरिने विषयमा निणर्य हुने बताएका छन् ।

उनले भने, ‘हाम्रो असहमति हुँदाहुँदै पनि एमसीसी टेबल भएको छ, अब निणर्यार्थ पेस हुने बेलासम्मको अवस्था हेरेर पार्टीले सरकारको बारेमा निणर्य लिन्छ ।’ नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७