रुसले पूर्वी युक्रेनमा सैनिक परिचालन गर्दै


१० फाल्गुन २०७८, मंगलवार
rass

काठमाडौं । रुसले युक्रेनको पूर्वी क्षेत्रमा आफ्ना सेना खटाउने निणर्य गरेको छ । रुसले युक्रेनको दुई क्षेत्रमा शान्ति स्थापनार्थ भन्दै आफ्नो सेना खटाइने बताएको हो । अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले उल्लेख गरेअनुसार अमेरिकाले रुसको उक्त कदमको विरोध गरेको छ । रुसको यो कदम युक्रेनको सार्वभौमिकता र भौगोलिक एकताको स्पष्ट उल्लंघन भएको अमेरिकाको ठहर छ ।

अमेरिकाले तत्कालै राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बोलाउन माग गरेको छ । रुसले युक्रनेको पूर्वी क्षेत्रमा रहेको विभाजनकारी समूहको बाहुल्य रहेको डेनोट्स्क र लुहान्स्कलाई मान्यता दिएको छ । रुसले यी दुई क्षेत्रमा युक्रेनलाई आक्रमण नगर्न पनि चेतावनी दिएको छ । आक्रमण भए त्यसको परिणामको सामना गर्नुपर्ने चेतावनी रुसले दिएको छ ।

पश्चिमा मुलुकले यसरी मान्यता दिनु मिन्स्क शान्ति सम्झौताको उल्लंघन भएको बताएका छन् । उक्त दुई क्षेत्रमा करिब ४० लाख मानिसको बसोवास छ । पछिल्लो केही सातायता रुसले युक्रेनको सीमामा आफ्नो सैनिकको संख्या बढाएको छ ।
यससँगै उसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशंका पश्चिमा मुलुकले गर्दै आएका छन् ।

यद्यपि रुसले भने युक्रेनमाथि आक्रमणको कुनै योजना नरहेको दाबी गर्दै आएको छ । रुसले युक्रेनको पूर्वी क्षेत्रमा आफ्नो सैनिक खटाउने निणर्य गरेसँगै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले भने शान्ति स्थापनाको लागि भन्दै सेना खटाउने कार्य तर्कसंगत नभएको बताएका छन् । रुसले सोमबार प्रकाशित गरेको प्रस्तावनामा भने युक्रेनको लुहान्स्क र डोनेट्स्कमा आफ्नो सैन्य क्याम्प बनाउने योजना राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७