‘ए’ डिभिजन लिग : पुलिस र एपीएफ तथा आर्मी र संकटा भिड्दै


१० फाल्गुन २०७८, मंगलवार
Army club UIUfXuL7Wk

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (मंगलबार) दुई खेलसँगै १२ औं चरणका खेल समाप्त हुँदैछन् । अन्तिम दिन दशरथ रंगशाला दुई खेल हुने भएका हुन् । त्यसपछि लिगमा ७ खेल बाँकी रहने छन् ।

जारी लिगमा लिग च्याम्पियनदेखि दोस्रो डिभिजनमा घटुवा हुने टोलीसम्म पक्का हुँदा अब क्लबहरुको योजना तालिकामा राम्रो स्थान बनाउनु हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे शुरु हुने खेलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब आमनेसामने हुनेछन् । पुलिस ११ खेलमा ११ अंक जोडेर ११ औं स्थानमा छ । एपीएफ ११ खेलमा १४ अंक जोडेर आठौं स्थानमा छ ।

अपरान्ह पौने ५ बजे शुरु हुने दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी संकटालाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ भने संकटा शीर्ष पाँचमा बलियो बन्न चाहन्छ । आर्मी ११ खेलमा १९ अंक जोडेर चौंथो स्थानमा छ । संकटा ११ खेलमा १५ अंक जोडेर सातौं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७