मोटरसाइकलमा सवार युवकको बसको ठक्करबाट मृत्यु, युवती घाइते


१० फाल्गुन २०७८, मंगलवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

सर्लाही । सर्लाहीको लालबन्दीमा बसको ठक्करबाट मोटरसाइकल चालक एक युवकको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गमा पर्ने लालबन्दी नगरपालिका-१७, रानीगन्जमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २-०३-००६ प १२० नम्वरको मोटरसाइकललाई नारायणघाटबाट विराटनगर जाँदै गरेको ना ५ ख १५६१ नम्वरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक हरिवन नगरपालिका-१० का २२ वर्षीय निरज उप्रेतीको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने लालबन्दी ७ निवासी २२ वर्षीया लक्ष्मी विक घाइते भएकी छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका उप्रेतीलाई रानीगन्जमा सामान्य उपचारपश्चात थप उपचारका लागि गण्डक अस्पताल वीरगन्ज लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते विकको गण्डक अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बसका चालकलाई नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७