टाटासुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु


१० फाल्गुन २०७८, मंगलवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

धनुषा । धनुषाको धनुषाधाममा टाटासुमोले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाधाम नगरपालिका-९ धारापानीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ज ३०१८ नम्बरको टाटा सुमोले विपरित दिशाबाट आइरहेको प्रदेश २-०२-००१ प ८३४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

ठक्करबाट मोटरसाइकलमा सवार धनुषाको शहीद नगरपालिका-१ का १७ वर्षीय महेशकुमार सहनी र धनुषाधाम नगरपालिका-८ मुलाबारीका २४ वर्षीय मनिष विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुर धाममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

दुबै युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ । दुर्घटनापछि टाटासुमो चालक इलामको सूर्योदय नगरपालिका-१० का २५ वर्षीय दावा छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७