माइकल जोर्डानको सिगार लिलाममा


१० फाल्गुन २०७८, मंगलवार
2 Look Cigar Michael Jordan smoked up for auction1645462095

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित एक लिलाम गृहले खेलकुद क्षेत्रको एउटा अनोठो स्मरणीय वस्तु लिलाम गर्न लागेको छ । त्यो हो बास्केटबलका होनहार खेलाडी माइकल जोर्डनले खाएको सिंगारको ठुटा ।

खेलकुदसँग सम्बन्धित वस्तु र चिनोमा विशेषता हासिल गरेका सो लिलाम गृहले एक महिलाले सन् २०२१ म एरिजोना बाल्टिमोर रिसोर्टमा पूर्व एनबिए स्टार जोर्डानसँग भेट्ने क्रममा सो सिगारको टुक्रा संकलन गरेको बताएको छ । ती महिलाले त्यहाँ जोर्डानसँग तस्बिर खिचाउन अनुरोध गर्दा जोर्डानले पिउँदै गरेको सिगार एस्ट्रेमा निभाएका थिए । जोर्डान त्यहाँबाट हिँडेपछि ती महलाले खुसुक्क सिगार टिपेकी थिइन् ।

क्युबाली मूलको सुर्ती प्रयोग गरेर त्यो सिगार निकारागुवाको ओलिभा भी मेलानियो कम्पनीले बनाएको थियो । बिहीबार सो सिगारको लिलामको प्रारम्भिक बोल ५ सय अमेरिकी डलरबाट सुरु गरिएको थियो । यूपीआईबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७