पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ


१० फाल्गुन २०७८, मंगलवार
pakrau
फाइल फोटो

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राति उनीहरूलाई पक्राउ गरेको हो ।

चिनियाँ नागरिक पक्राउ परेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले रातोपाटीसँग भने-‘उनीहरूबारे अनुसन्धान गर्दै छौँ ।’ चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप छ । चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७