जेब्रा झोलामा टाउको भेटिएको शवको पहिचान, दुई आरोपी पक्राउ


१० फाल्गुन २०७८, मंगलवार
274024886 418545836712470 905721067487153812 n 2FikqeyUwK

सुनसरी । गएको बुधवार सुनसरीको धरान-४ स्थित धरान भेडेटार सडक खण्डको जङ्गलमा एउटा जेब्रा भेटियो । जेब्रा झोलाभित्र मानिसको एउटा टाउको र एउटा खुट्टा भेटियो ।

एउटा खुट्टा र टाउको भेटिए पनि अन्य अङ्गहरु भने त्यो जेब्रा झोलामा थिएन । घाँटीभन्दा माथिको टाउकोको भाग र तीघ्रा मुनिको दाहिने खुट्टा भएको अनुसन्धान टोलीले पुष्टि गर्‍यो । बाँकी अंग खोज्न इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायको कमाण्डमा खटिएको टोलीले अर्को ठाउँमा जेब्रा झोलामा प्याक गरेको अवस्थामा बाँकी शरीरको भाग फेला पारेको थियो ।

निकै दिन बितेकाले शव पहिचान गर्ने स्थितिमा प्रहरी थिएन । प्रहरीले टाउको गिँडेको अवस्थामा शव फेला पारेको थियो । त्यही गिँडिएको टाउकोलाई प्रहरी स्केच बनाएर गत फागुन ५ गते प्रहरीले सार्वजनिक गरेको थियो । स्केच बनेपछि फेला परेको शवको सनाखत भएको छ । सनाखत मात्र हैन प्रहरीले हत्या आरोपित दुई जनालाई पक्राउ समेत गरिसकेको छ । घटनामा सम्लग्न दुई जनालाई पक्राउ गरेपनि प्रहरीले सार्वजनिक भने गरेको छैन ।

घटनाबारे विस्तृत जानकारी दिन इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । एक प्रहरी अधिकृतले भने, ‘अनुसन्धान लगभग सकियो, आधिकारिक रुपमा आजै पत्रकार सम्मेलन गरेर आरोपीहरु सार्वजनिक गर्नेछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७