स्थानीय निर्वाचन : चैतमा एक लाख २० हजार म्यादी प्रहरीको भर्ना खोल्ने तयारी


१० फाल्गुन २०७८, मंगलवार
myadi police 696x465 1
?????????????????????????????????????????????????????????

काठमाडौं । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएसँगै प्रहरी र अन्य सुरक्षा निकायले आवश्यक गृहकार्य अगाडि बढाएका छन् ।

नेपाल प्रहरीले पनि सुरक्षा रणनीतिको गृहकार्य थालेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा रणनीतिका लागि आवश्यक गृहकार्य शुरु गरेको हो । प्रहरी प्रधान कार्यालयको कार्य विभागका डीआईजी रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचन केन्द्रित सुरक्षा समिति गठन गरिएको छ । समितिले आवश्यक कामहरू शुरु गरिसकेको डीआईजी धानुकले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयले आवश्यक जनशक्ति, स्रोत-साधन, बजेटलगायत विषयमा समेत गृहकार्य गरिरहेको छ । स्थानीय तह निर्वाचनका लागि एक लाख २० हजार म्यादी प्रहरी माग गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । उनीहरूलाई दुई महिना बराबरको तलब सुविधा माग गर्ने तयारी समेत प्रहरी प्रधान कार्यालयको छ । आउँदो चैतमा म्यादी प्रहरीका लागि भर्ना लिइने सम्भावना छ ।

भर्नामा अवकाश प्राप्त सेना, प्रहरीलाई प्राथमिकतामा राख्ने तयारी छ । अवकाश प्राप्त सेना, प्रहरीसँग अनुभव हुने भएकाले उनीहरूलाई परिचालन गर्न सहज हुने सुरक्षा निकायको बुझाइ छ । गृह मन्त्रालयले समेत पछिल्लो १० वर्षमा अवकाश पाएका सेना, प्रहरी र सशस्त्रको विवरण राख्न सम्बद्ध सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ ।

प्रहरीले विस्तृत सुरक्षा कार्ययोजना गृह मन्त्रालयमा बुझाउने तयारी गरेको छ । ०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । योपटक एकैचरणमा हुनेछ । ०७४ सालको निर्वाचनमा ७५ हजार म्यादी प्रहरीको भर्ना लिइएको थियो । निर्वाचनमा चार वटै सुरक्षा निकाय परिचालन हुँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७