भारतले युक्रेनमा रहेका आफ्ना नागरिक फर्काउन पठायो विमान


१० फाल्गुन २०७८, मंगलवार
biman 20220222053716

नयाँदिल्ली । युक्रेनमा रहेका भारतीय नागरिक फर्काउन एयर भारतको विशेष विमान युक्रेन गएको छ । उनीहरुको सुरक्षालाई ध्यानमा राख्दै फिर्ता लिन विमान गएको हो ।

एयर इन्डियाले युक्रेनबाट भारत आउने नागरिकले एयर इन्डियाको बुकिङ अफिस, वेबसाइट, कल सेन्टर वा आधिकारिक ट्राभल एजेन्टहरू मार्फत बुक गर्न सक्ने उल्लेख गरेको छ । एयर इन्डियाले भारत र युक्रेन बीच तीनवटा विमान सञ्चालन गर्नेछ । आज भारतीय नागरिक लिन एउटा विमान उडेको छ । अर्को दोस्रो विमान २४ फेब्रुअरी र तेस्रो विमान २६ फेब्रुअरीमा उड्नेछ ।

आज गएको विमान विशेष सेवाहरूमा प्रयोग हुने ड्रीमलाइनर बी-७८७ विमान हो । यो विमानमा २०० भन्दा बढी सिट छ। विमान आज राति युक्रेनबाट दिल्ली एयरपोर्ट फर्किने छ ।

रुसी राष्ट्रपति पुटिनले रुसी सेनालाई लुहान्स्क र डोनेस्कमा शान्ति कायम राख्न भनेका छन् । राष्ट्रपति पुटिनले युक्रेनका दुई अलगाववादी क्षेत्र डोनेस्क र लुहान्स्कलाई मान्यता स्वतन्त्र क्षेत्रको मान्यका दिएका छन् । यो आदेशपछि युद्धको डर झनै बढेको छ । यस्तो अवस्थामा सुरक्षालाई ध्यानमा राखेर यो कदम चालिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७