पाकिस्तानले अबको दुई महिनामा ५ करोड ४० लाख बढी रुख रोप्ने


१० फाल्गुन २०७८, मंगलवार
kuhiro

काठमाडौं । पाकिस्तानका जलवायु मन्त्री मलिक एमिन अस्लमले आइतबार वातावरणीय समस्याको समाधानका निम्ति फेब्रुअरीदेखि अप्रिलसम्म ५ करोड ४० लाख बढी रुख रोप्ने लक्ष्य रहको जानकारी दिएका छन् ।

यो कार्यक्रम फेब्रुअरी २२ मा लन्च हुनेछ जुन पाकिस्तानको ‘दश अर्ब रुख सुनामी’ अभियान अन्र्तगत पर्ने अस्लमले आफ्नो बयानमा भनेका छन् । फेब्रुअरीदेखि अप्रिलको तीन महिने मौसममा देशैभरि सम्भव भएसम्मका धेरै भन्दा धेरै रुख रोप्न सकिने अवसर रहेको उनले बताए । मन्त्री अस्लमले यसमा देशभर जोकोहीले पनि सहभागीता जनाउन सक्ने पनि बतााए ।

जलवायु संकटको विषयमा पाकिस्तान अत्यन्तै संवेदनशील भएको उल्लेख गर्दै अस्लमले खतरनाक प्राकृतिक प्रकोप जस्तै बाढी, खडेरी, समुद्री सतहमा वृद्धि र तातो लहर झन् झन् चरम बन्दै गएको पनि उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७