ललितपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार


१० फाल्गुन २०७८, मंगलवार
Rape
सांकेतिक तस्वीर

काठमाडौं । ललितपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । दोलखा मैलुङ गाउँपालिका-४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरुङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अमिरले ती बालिकालाई महालक्ष्मी नगरपालिका-४ ईमाडोलमा गत माघ २२ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

यता सुनसरीमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्जु गाउँपालिका-४ बस्ने २४ वर्षीय अर्जुन गुरुङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अर्जुनले ती किशोरीलाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सितागन्ज र प्रहरी चौकी अमडुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७