बलम्बु खोलामा १२ वर्षीय बालकको शव भेटियो


१० फाल्गुन २०७८, मंगलवार
Balambu youth death spot

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा एक जना किशोरको शव भेटिएको छ । चन्द्रागिरी नगरपालिका-१२ स्थित बलम्बुमा १४ बर्षीय अनिश रावतको शव भेटिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुवँरले जानकारी दिए ।

रावत सोमबार दिउँसो ४ बजे घरबाट निस्केका थिए । उनी स्थानीय सगरमाथा बोर्डिङ्ग स्कूलमा कक्षा ६ मा अध्ययनरत थिए । अनिश लागूऔषध सेवनकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ‘हत्या आशंकामा अनुसन्धान गरिरहेका छौं’, एसएसपी कुवँरले भने । घटनास्थलमा फरेन्सिक चिकित्सकको टोली बोलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७