बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


१० फाल्गुन २०७८, मंगलवार
gold

काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार २०० मा कारोबार भएको पहेंलो धातुको मूल्य आज तोलामा ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ तोकिएको छ । यसको मूल्य सोमबार प्रतितोला ९१ हजार ७०० रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर तोलाको एक हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०८ डलर आसपास कारोबार भइरहेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७