नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक बुधबार


१० फाल्गुन २०७८, मंगलवार
electricty
फाइल फोटो

काठमाडौं । नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) बैठक बुधबार बस्ने भएको छ । दुई दिनसम्म चल्ने बैठक बुधबारदेखि काठमाडौंको होटल हायातमा बैठक बस्न लागेको हो । बैठकमा नेपाल भारत ऊर्जा व्यापार र अन्तरदेशीय प्रसरणलाइन आयोजना, निर्माण र जलविद्युत क्षेत्रको लगानीबारेमा छलफल हुने बताइएको छ ।

प्रत्येक ६/६ महिनामा बैठक बस्ने गरेको भए पनि २ वर्षदेखि बस्न सकेको थिएन । नेपालले यस अगाडि भारतलाई पटक-पटक बैठक बस्न आग्रह गर्दै आएपनि कोरोनाको महामारीको कारण देखाउँदै बैठक बस्न सकेको थिएन ।

बैठकको पहिलो दिन भोलि नेपाल-भारत ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूह (जेडब्लुजी) र दोस्रो दिन हुने सचिवस्तरीय बैठकमा पेश हुने बताइएको छ । बैठकमा नेपालको तर्फबाट ऊर्जासचिव देवेन्द्र कार्की र भारतको तर्फबाट भारतीय ऊर्जासचिव आलोक कुमारले गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७