पूर्वी युक्रेनका दुई क्षेत्रमा रुसी फौज प्रवेशका लागि पुटिनले दिए आदेश


१० फाल्गुन २०७८, मंगलवार
russian military in ukraine

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा लडाकुहरूको नियन्त्रणमा रहेका दुईवटा क्षेत्रलाई स्वतन्त्र राज्यको घोषणा गरेपछि त्यहाँ रुसी फौजलाई प्रवेश गर्न आदेश दिएका छन् । रुसले स्वघोषित लुहान्स्क र दोनेत्स्क जनगणतन्त्रमा आफ्नो फौजले शान्ति सेनाको भूमिका निभाउने जनाएको छ ।

तर, अमेरिकाले उनीहरूलाई ‘शान्ति सेना’ को संज्ञा दिइनु वाहियात कुरा भएको भन्दै रुसले युक्रेनसँगको पूणर् चरणको युद्धका लागि पृष्ठभूमि तयार गरिरहेको आरोप लगाएको छ । लोहान्स्क र दोनेत्स्क दुवै स्थानमा रुस समर्थित लडाकुहरूले सन् २०१४ देखि नै युक्रेनी फौजसँग युद्ध गर्दै आएका हुन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले नियतवश नै युक्रेनको सार्वभौमको उल्लंघन गरेको आरोप लगाएका छन् ।

सोमबार राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनले शान्ति चाहेको छ, तर त्यसको मतलब हामी डराएका छैनौं भनेर पनि घोषणा गर्छौ र हामी कसैलाई केही पनि दिँदैनौं । किभलाई आफ्ना अन्तर्राष्ट्रिय साझेदारहरूबाट स्पष्ट र प्रभावशाली कार्यगत समर्थन चाहेको छ । को हाम्रा वास्तविक मित्र र साझेदार हुन् र कसले शब्दले मात्र रुस महासंघलाई तर्साउन खोजिरहेका छन् भनेर हेर्नु धेरै महत्वपूर्ण छ ।’

संयुक्त राष्ट्रसंघको आपत्कालीन बैठकमा अमेरिकी राजदूत लिन्डा थोमस-ग्रिनफिल्डले रुसले आफ्नो फौजले पूर्वी युक्रेनी क्षेत्रमा शान्तिसेनाको भूमिका निभाउने भनी गरेको दाबीलाई आलोचना गर्दै अमेरिकालाई वास्तविक रूपमा उनीहरू के हुन् भन्ने थाहा भएको बताएकी छन् । यसैबीच, संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्ज्याले पूर्वी युक्रेनको दोन्वासका लडाकु नियन्त्रणमा रहेका क्षेत्रलाई युक्रेनको आक्रमणबाट जोगाउनुपर्ने विचार व्यक्त गरेका छन् । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७