४७६ मा कोरोना संक्रमण, तीन जनाको मृत्यु


१० फाल्गुन २०७८, मंगलवार
korona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४७६ जनामा कोभिड-१९ (कोरोना भाइरस) सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडिटी गरी ९,४२४ जनाको नमुना परीक्षण गरिएकोमा ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गएका छन् । योसहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९२८ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ सय ३१ जना सङ्क्रमणमुक्त भएको छन् । अब नेपालमा १० हजार सात सय ४७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । थप एक लाख सात हजार १८ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै नेपालमा तीन करोड ७१ लाख २१ हजार १९६ मात्रा खोपको प्रयोग भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७