लोसपामा फुट, वृषेशचन्द्र लालको नेतृत्वमा तमलोपालाई सक्रिय बनाउने


१० फाल्गुन २०७८, मंगलवार
janakpur program LMG0zJiiz8 1

धनुषा । लोकतान्त्रिक समाजवादी (लोसपा) पार्टीका केन्द्रीय कार्यकारणी सदस्यद्वय वृषेशचन्द्र लाल र डा. विजयकुमार सिंहले पार्टी परित्याग गरेका छन् ।

आज (मंगलबार) जनकपुरमा पत्रकार सम्मेलन गरी नेताद्वय लाल र सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । लाल राष्ट्रिय सभाका पूर्व सदस्य छन् भने डा. सिंह संविधान सभा सदस्य हुन् ।

मधेश केन्द्रित दलहरूले मधेशको एजेण्डा नै छाडेकाले मधेशी जनताको हितका लागि लोसपा पार्टी परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टी (लोसपा) मा समावेश भएको दुवै नेताले बताएका छन् । नेता लालले नेतृत्व पंत्तिले मधेश केन्द्रित नामबाटै तर्सिने काम गर्न थालेको र लोकतन्त्रवादी मधेशी जनतालाई वामपन्थीको खोल ओढाउन थालिएको आरोप लगाए । उनले आफ्नो भूमि, इतिहास, भाषा, संस्कृति र जीवनशैली बोकेको मधेशलाई जात र सम्बन्धवादमा विभाजित गरी सीमित गर्न खोजिएको आरोप लगाए ।

नेता लालले मधेशी जनताको चाहनाअनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकताअनुसार स्वशासन र सङ्घीयताको अभ्यासलाई अगाडि बढाउन, लोकतन्त्रवादी, मधेश एजेण्डाप्रति प्रतिबद्ध लोसपामा समावेश भएको जानकारी गराए । यस्तै डा. सिंहले मधेशी जन विद्रोहबाट जन्मेका शक्तिहरू बिस्तारै मधेश शब्दबाट विमुख हुँदै गएको बताए ।

महन्थ ठाकुर लोसपा छोडेर नेताहरू तमलोपा बिउँताउने अन्तिम तयारीमा जुटेका छन् । आन्तरिक द्वन्द्वबाट जुधिरहेकै बेला लोसपाका शीर्ष नेताहरू तमलोपालाई सक्रिय बनाउने अभियानमा जुटेका छन् । जसपाभित्र विवाद चलिरहेकै बेला निर्वाचन आयोगमा तमलोपा दर्ता भएको थियो ।

धनुषाका रविशंकरलाल कणर्को नेतृत्वमा तमलोपा दर्ता भएको हो । कणर् नेता लाल निकट मानिन्छन् । मधेश आन्दोलनको शुरुवातसँगै तमलोपा हुँदै लोसपासम्म आइपुग्दा पार्टीले आन्दोलनकारीहरूलाई अवमूल्यन गरेको असन्तुष्ट बनेका नेताहरूले आरोप लगाउँदै आइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७