एनसेलले ल्यायो गज्जबको डेली जीबी प्रयोगकर्ताका लागि क्यास ब्याक अफर


१० फाल्गुन २०७८, मंगलवार
ncell viber222 p7maghZrNF

काठमाडौं । एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेलि जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकहरुमा २० रुपैयाँदेखि ६० रुपैयाँसम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको छ ।

गजब्बको डेलि जीबी प्याकअन्तर्गतको क्यास ब्याक योजना सोमबार (फागुन ०९) देखि लागू भएको छ । यस आकर्षक योजना अन्तर्गत एनसेलका ग्राहकले ७ दिन वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबीकोे गजब्बको डेलि जीबी प्याकको खरिदमा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् ।

७ दिनका लागि मान्य रहने दैनिक १ जीबी गज्जबको डेटा प्याक ग्राहकले कर सहित मात्र १ सय ६९ रुपैयाँमा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले २० रुपैयाँ क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउँछन् । त्यसैगरी ग्राहकले कर सहित मात्र २६९ रुपैयाँमा ७ दिनको समयसिमा रहेको दैनिक २ जीबी डेटा प्याक खरिद गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले रु ३० को क्यास ब्याकबाट फाइदा लिन सक्छन् ।

त्यस्तैगरी धेरै लामो समयसिमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसीमा रहेको दैनिक १ जीबी डेटा प्याक कर सहित मात्र ५ सय ९९ रुपैयाँमा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले ६० रुपैयाँ बोनस क्यास ब्याक पाउँछन् ।

यस गज्जबको डेलि जीबी डेटा प्याक अन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार प्याक सुचारु गर्न सक्छन् । यो डेटा प्याक एनसेल एपबाट पनि सजिलै खरिद गर्न सकिन्छ । गज्जबको डेलि जीबी डेटा प्याकमा क्यास ब्याक योजनाले डेटा बाहेक अन्य अन नेट सेवा प्रयोग गर्नका लागि ग्राहकहरुलाई राम्रो लाभ प्रदान गर्ने विश्वास एनसेलले लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७