प्रधानमन्त्री देउवासँग वार्ताका लागि एमाले अध्यक्ष ओली बालुवाटारमा


१० फाल्गुन २०७८, मंगलवार
kp oli deuwa
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पुनः भेटवार्ता हुँदैछ ।

प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओली बालुवाटारतर्फ लागेका छन् । एमसीसीलाई लिएर सत्ता गठबन्धनमा विभाजन आइरहेका बेला प्रधानमन्त्रीले लगातार एमाले अध्यक्ष ओलीसँग संवाद बढाएका छन् । ओलीले भने गठबन्धन तोडेपछिमात्र कांग्रेससँग अरु विषयमा सहकार्य हुन सक्ने बताएका छन् ।

गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने भएपछि कांग्रेसले गठबन्धनमा हरेर विपक्षमा मतदान गर्ने हो भने सरकार छाड्नुपर्ने बताइरहेको छ ।

आज ओली र देउवाबीचको वार्तालाई विशेष महत्वका साथ हेरिएको छ । कुनै न कुनै समझदारी शीर्ष तहमा हुन लागेको जानकारी आफूले पाएको एमालेका एक पदाधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७