ओलीलाई देउवाको आग्रह-एमसीसीमा सघाउनुस् : ओलीको उत्तर- माग सम्बोधन नभएसम्म प्रक्रियामा जान्नौं


१० फाल्गुन २०७८, मंगलवार
KP and Deuba

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीसमक्ष अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौता अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेका छन् । तर अध्यक्ष ओलीले आफ्नो पार्टीको माग पुरा नभएसम्म संसदीय प्रक्रियामा प्रवेश नगर्ने उत्तर दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको भेटवार्तामा अध्यक्ष ‌ओलीले एमालेले ६ महिनादेखि कुनै पनि संसदीय प्रक्रियामा सहभागी नभएको कारण आफ्नो माग पूरा नहुन्जेल सहयोग हुन नसक्ने जानकारी गराएका हुन् ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओलीले एमालेले विगत ६ महिनादेखि सदनमा उठाइरहेको माग स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने उत्तर दिएका छन् ।

भेटवार्ताा अध्यक्ष ओलीसँगै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।

कांग्रेस सभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि भेटवार्तामा सहभागी थिए । संसदमा पेश भएको अमेरिकी सहायता परियोजना एमसीसी बिषयमा नेताहरुबीच भेटर्वार्ता भएको हो ।

सत्तारूढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसिसी पास गर्न सहमति नदिने भएपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेसँग संवाद बढाएका छन्।

एक साता अघि प्रधानमन्त्री देउवा पत्नी आरजु राणासहित बालकोट पुगेर ओलीसँग भेटवार्ता गरेका थिए । देउवा गत फागुन ५ गतेमात्र ओली भेट्न बालकोट पुगेका थिए ।

प्रधानमन्त्री देउवा एमसीसी अनुमोदन गर्नुपर्ने अमेरिकी दवावमा छन् । तर सत्ता गठबन्धनमा रहेका दलहरुले एमसीसी अनुमोदनमा साथ नदिने घोषणा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७