धर्मराउँदै पाँच दलीय सत्तारूढ गठबन्धन


११ फाल्गुन २०७८, बुधबार
satta gathabandhan samanwaya samiti meet 1024x682 1

काठमाडौं । सत्तारूढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकारको भविष्य जोखिममा पर्ने गरी निणर्य लिएका छन् ।

माओवादी केन्द्रको फागुन ४ गते बसेको संसदीय दलको बैठकले एमसिसीमा सरकारले जबरजस्ती गरे गठबन्धन भत्किने र आफूहरू सरकारबाट बाहिरिने निणर्य गरेको थियो । यथास्थितिमा एमसिसी संसदमा टेबुल गर्न समेत नहुने उसको मत थियो । एमसिसी टेबुल भयो तर उसले सरकार भने छाडेको छैन ।

नेकपा एकीकृत समाजवादीले निरन्तर बैठक राखी एमसिसीविरुद्ध मोर्चा कसेको अनुभूति हुनेगरी निणर्य गरिरहेको छ । उसको आइतबार बसेको स्थायी कमिटी बैठकले एमसिसी संसद्मा पेस गर्न दिने तर अनुमोदन भने गर्न नसकिने निणर्य गरेको थियो ।

यस्तै सोमबार बसेको सचिवालय बैठकले एमसीसीसम्बन्धी प्रस्तावको विपक्षमा रहने निर्णय गरेको छ । तर यो प्रस्तावमा मतदान हुँदा ’ह्विप’ भने नलगाउने निणर्य भएको उक्त दल सम्बद्ध स्रोतले जनाएको छ । गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टी (जसपा) अनिर्णित छ भने अर्को घटक जनमोर्चा एमसिसी खारेज गर्नुपर्ने भनी खुलेर लागेको छ ।

यसरी पाँच दलीय सत्तारूढ गठबन्धन धर्मराउँदै गरेको देखिएको छ । गठबन्धनको भविष्य संकटमा पुग्दा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्यसमेत जोखिममा परेको छ । गठबन्धन फुट्दा स्वयं प्रधानमन्त्रीको देउवाको पद समेत गुम्नसक्ने केही कानुनविद्ले बताउँदै आएका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७