खुमलटार नै पुगेर प्रचण्डलाई वैद्यको आग्रह : एमसीसी राष्ट्रघाती छ, पास नगर्नुस्


११ फाल्गुन २०७८, बुधबार
prachanda mohan baidhya

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले एमसीसी पारित नगर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका छन् ।

मंगलबार दिउँसो प्रचण्ड निवास खुमलटार नै पुगेर नेता वैद्यले एमसीसी सम्झौताका राष्ट्रघाती बुँदा संशोधन नगरी संसदमा टेबल गरेकोमा पनि असन्तुष्टि व्यक्त गरे । प्रचण्डले गठबन्धनमा सहमति गरेर नै एमसीसी संसदमा टेबल गरेको भन्दै संशोधन बिना एमसीसी पास गर्न आफ्नो दलले सहमति नदिने प्रतिवद्धता व्यक्त गरे ।

‘प्रचण्ड जीसँग एमसीसी र त्यससँग जोडिएका विषयमा कुराकानी भयो,’ प्रचण्डसँगको छलफलपछि वैद्यले भने, ‘गठबन्धनमा सहमति भएर नै टेबल गरेको तर मतदान गर्नुपरेको अवस्थामा विपक्षमा मतदान गर्छौ भन्नुभयो । हामीले एमसीसी राष्ट्रघाती छ पास नगर्नुस् भनेका छौं ।’

वैद्यले एमसीसीको विरोधमा भएको प्रदर्शनमा समातिएका आफ्ना पार्टीका कार्यकर्तालाई विना शर्त छोड्नको लागि पहल गर्न पनि प्रचण्डलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७