‘गठबन्धन दल सबैले एमसीसीका पक्षमा भोट हाल्नपर्‍यो कि नयाँ समीकरण बन्नुपर्‍यो’


११ फाल्गुन २०७८, बुधबार
baburam bhattarai
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना एमसीसीका पक्षमा सत्ता गठबन्धनका सबै दलले मत हाल्नुपर्ने नत्र नयाँ समीकरण बन्नुपर्ने बताएका छन् । यस बाहेक अर्को बाटो नभएको चेतावनी उनले दिएका छन् ।

सत्ता गठबन्धनमै रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीका विपक्षमा मत दिने बताइरहेका बेला सत्ता घटक एउटा दल जसपाका शीर्ष नेता भट्टराईले त्यसो हो भने गठबन्धन टुट्ने निश्चित भएको चेतावनी दिएका हुन् ।

‘एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता रहन्न’, पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले मंगलबार राति सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो बिन्दुमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्छ । कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्‍यो कि नयाँ समीकरण बन्नुपर्‍यो । अर्को बाटो छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७